२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

भीम रावलले भनेः बजेट संविधानको लक्ष्य र नेकपाको नीति विपरीत आयो



काठमाडौं ।
सत्तारुढ नेकपाका स्थायी समिति सदस्य एवं सांसद भीम रावलले सरकारले ल्याएको बजेट संविधानको लक्ष्य र नेकपाको नीतिविपरीत रहेको बताएका छन ।

आइतबार बिभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथि प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै रावलले बजेटले संविधान र सत्तारुढ नेकपाले चुनावका क्रममा गरेका प्रतिवद्धता समेट्न नसकेको बताएका हुन ।

समाजवादमा जाने संविधानको बाटोमा जानुपर्नेमा बजेटले नवउदारवादमा जान खोजेको हो कि भन्ने देखाएको भन्दै उनले बजेटमा शिक्षा, स्वास्थ्य, ऊर्जा, समाज कल्याणका क्षेत्रमा बजेटमा लिइएका नीतिले सही दिशा नलिएको बताए ।

रावलले एमसीसीका योजना बजेटमा राखेकोमा पनि आपत्ति जनाउदै रूपमा जनता, राजनीतिक दलका नेता र बुद्धिजीवीबाट आलोचित एमसीसीको सम्झौता संसद्‌बाट अनुमोदन नहुँदै बजेटमा समावेश गर्नेजस्तो गैरजिम्मेदार कार्य गरिएको जिकिर गरे ।

बजेटमा भारतीय अतिक्रमणमा परेका भूमिमा नेपालले आफ्ना संरचना निर्माण गर्नका लागि कुनै पनि बजेट तथा कार्यक्रम विनियोजन नगरिएको रावलको भनाइ थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  ३ : ४० बजे