२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

मेलम्चीबारेका प्रश्नको बिट मार्ने समय आयोः खानेपानी मन्त्री



काठमाडौं ।
खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्ची खानेपानीको सन्दर्भमा २ दशकदेखि उठ्दै आएका प्रश्नको बिट मार्ने समय भएको बताएकी छन् ।

विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको सोमवार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित भएर उठ्ने गरेका प्रश्नहरुको बिट मार्ने समय आएको दाबी गरेकी हुन ।

उनले मेलम्ची खानेपानीको छिटै उद्घाटन गर्ने मिति सावर्जनिक गर्ने पक्षमा सरकार रहेको पनि बताइन । त्यस्तै आगामी वर्ष सात वटा आयोजना सम्पन्न गरी १ लाख २० हजार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उल्लेख गरीन ।

उनले स्वच्छ खानेपानी तथा सरसफाई प्रत्येक नागरिकको अधिकर भएको नागरिकको अधिकारलाई सुनिश्चित गर्न, दिगो विकास लक्ष्य तथा पन्ध्रौ योजनामा समावेश गरिएका लक्ष्य हासिल गर्न सोही अनुसारको कार्यक्रहरु तयार गरिएको जानकारी दिइन ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ४ : ४० बजे