काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता छविलाल विश्वकर्माले रुपन्देहीमा सोमबार राति भएको ५ जनाको हत्याको घटनाको छानबिन गर्न गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराउनुभएको छ ।
आज प्रतिनिधि सभामा बोल्दै उहाँले हत्याको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको हो । सांसद विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
सोमबार राति रुपन्देहीको तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा ५ जना श्रमिकको हत्या भएको थियो ।
स्थानीय श्रमिकको हत्याको घटनाले आफू मर्माहत भएको सांसद विश्वकर्माले बताउनुभयो । उहाले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गर्नुभएको छ ।







प्रतिक्रिया