काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले अब भारतसँग हेपिएर बस्न नसकिने बताएकी छन् । नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संसदमा प्रस्तुत संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै उनले नेपालका केही उच्च पदस्थ नेताहरु भारतपरस्त भएको पनि बताइन् । ‘नेपालका केही उच्च पदस्थहरु भारतको बोली बोल्छन् ।
राष्ट्रियताको सवालमा मातृभूमिको पक्षमा उभिनुपर्नेमा भारतको पक्षमा उभिइरहेका छन्’, उनले भनिन्, ‘किन यस्तो भइरहेको छ । नेपालकै केही सांसदहरुको गतिविधि पनि त्यस्तै देखिन्छ, शंकास्पद भूमिका र बोली सुनिन्छ संसदमै, यो राम्रो भएन ।’
सांसद चौधरीले अब नेपाललाई अन्याय गरेको सुगौली सन्धि पनि खारेज गरिनुपर्ने बताइन् । ‘नेपाललाई अन्यायमा पारेको सुगौली सन्धि अब हामीले मान्नुपर्छ भन्ने आवश्यकता छैन ।
यसलाई पनि खारेज गरिदिऊँ’, उनले भनिन्, ‘अब सधैँ भारतसँग हेपिएर चेपिएर बसेर हुँदैन । सुगौली सन्धि खारेज गरिदिएर ग्रेटर नेपालको नक्सा जारी गरौँ । ’







प्रतिक्रिया