मायादेवी अनलाइन, चार नम्बर ।
राष्ट्रघाती बुँदा खारेज नगरी अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नहुने नेकपाका युवा नेता तथा विचारक पुण्य गौतमले बताउनु भएको छ ।
नेपालको हितभन्दा पनि अमेरिकाको आफ्नो सैन्य रणनीतिमा एमसीसी रहेकाले पारित गर्नै परे राष्ट्रघाती बुँदाहरु खारेज गरेर मात्र गर्नु पर्ने गौतमले बताउनु भएको हो ।
सामुदायिक रेडियो मायादेवीको कोरोना विशेष संबादमा मंगलबार विहान कुरा गर्दै गौतमले नेपालको संविधान र कानुनभन्दा माथि एमसीसी हुन नसक्ने जिकिर गर्नुभयो ।
सहयोग गर्ने भए विना शर्त अमेरिकाले नेपालमा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा सहयोग गर्नुपर्ने गौतमको भनाई छ ।
एमसीसी नेपालको संविधान, अदालत र कानुनभन्दा माथि नभएकाले त्यहाँ भएका देशघाती सर्त कुनै हालतमा खारेज गर्न नेकपालाई सुझाउनु भयो ।
उहाँसंग गरिएको थप कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।
प्रतिक्रिया