काठमाडौं ।
नेपाल तरूण दलले सांसद सरिता गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै तरूण दलले स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्ध सांसद गिरीले अभिव्यक्ति दिएको नेपाल तरुण दलले ठहर गरेको छ ।
सांसद गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएकोले तरुण दलको ध्यान आकर्षण भएको जनाएको छ ।
राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा संसद पदबाट निलम्बन गर्ने तरूण दलले माग गरेको छ ।
“राष्ट्रघाती सांसदलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गर्दै यस्ता अराष्ट्रिय तत्वहरुलाई कारबाहीको लागि जोड्दार माग गर्दछ । ” विज्ञप्तीमा भनिएको छ ।








प्रतिक्रिया