काठमाडौं ।
राष्ट्रियता विपरितको अभिव्यक्ति दिएको भन्दै सांसद सरिता गिरीलाई एक हप्ता भित्र सांसद पदबाट हटाउन राष्ट्रिय युवा संघले माग गरेको छ ।
बुधबार विहान एक विज्ञप्ति जारी गरी संघले नेतृ गिरीलाई संघीय संसदको सदस्यबाट अविलम्ब फिर्ता बोलाउन उनको पार्टी जनता समाजवादी पार्टी समक्ष एक हप्ताको अल्टिमेटमसहित माग गरेको हो ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानुनी कारबही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने बेहोरासमेत यसै वक्तव्यमार्फत स्पष्ट गर्न चाहान्छौं, ।








प्रतिक्रिया