२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

लकडाउन खुकुलोः अब पसल खुल्ने, निजी सवारीसाधन जोरबिजोरको आधारमा चल्न दिने निर्णय



काठमाडौं ।
मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।

यो निर्णय भोलिदेखि नै लागू हुने जनाइएको छ ।

एक मन्त्रीका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गने बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर, सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।

गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।

आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउनेबारेको समग्र मोडालिटी स्वीकृत गरेको ती मन्त्रीको भनाइ छ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७ बुधबार ००:००  १० : १७ बजे