३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

राप्रपाले बनायो ३ सय २७ जनाको केन्द्रीय समिति



काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विधानअनुसार तीन सय २७ सदसस्यीय केन्द्रीय समिति बनाएको छ। बिहीबार केन्द्रीय समिति, कार्यसम्पादन समिति, सचिवालय कार्यव्यवस्था समिति गठन गरिएको हो ।

अध्यक्ष कमल थापाले दिएको जानकारीअनुसार ८२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ। राप्रपामा १३ सदस्यीय सचिवालय कार्यव्यवस्था समिति गठन गरेको थापाले बताए।

अध्यक्ष थापाका अनुसार उच्चस्तरीय केन्द्रीय सल्लाहकार समिति पनि गठन गरिएको छ। उक्त समितिको अध्यक्षमा विश्वबन्धु थापा रहेका छन्।

प्रकाशित मिति : २९ जेष्ठ २०७७ बिहिबार ००:००  ४ : ५४ बजे