९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गर्‍योः जसपा



काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)ले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएको छ । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार विज्ञप्तीमार्फत जनताको आवाज नसुनी हेपाहा प्रवृत्ति देखाएको उल्लेख गरेको छ ।

‘केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल सिद्ध भएको छ, सरकारका असफलताका विरुद्ध व्यापक जनप्रदर्शनहरू भइरहेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जनताका आवाज सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेकोमा यस्ता कार्यलाई बन्दी गरी जनताका न्यायोजित आवाज तुरुन्त सम्बोधन गरिनु पर्छ ।’

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ३ : २२ बजे