९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

विष्णु पौडेल उत्रिए महाकाली सन्धिको बचाउमा



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले महाकाली सन्धिको बचाउमा उत्रिएका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धिमा प्रयोग भएका शब्दहरुको गलत अर्थ लगाइएको उनले बताए ।

महाकाली नदीको अधिकांश भाग सीमाना भनेर सुगौली सन्धिभन्दा झन् राष्ट्रघाती महाकाली सन्धि भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएको अभिव्यक्तिको खण्डन गर्दै पौडेलले त्यहाँ प्रयोग भएको शब्दको गलत प्रयोग भएको बताए । महाकाली सन्धिका बेलामा जुन खालको पदावलिको प्रयोग भएको छ ।

महाकाली नदीको अधिकांश भाग सीमा भनेर जसरी शब्द प्रयोग भएको छु, उनले भने, ‘महाकाली नदीपूर्व भारतको भूभाग हो भन्‍ने होइन । महाकाली पश्‍चिम पनि नेपालको भूभाग छ भन्‍ने अंकित गर्दछ भन्‍ने हो । यसमा कुनै दुविधा राख्नुहुँदैन । त्यहाँ उल्लेख भएको कुरा अन्यथा अर्थ लगाउनु ठीक होइन ।’

महासचिव पौडेलले नयाँ नक्सा जारी गरी संविधान संशोधन गर्ने नेपालको निर्णय कुनै पनि देशविरुद्ध नभएको पनि बताए । भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ताको पक्षमा उभिदा छिमेकीहरुको दिल दुःख्छ भन्‍ने लघुतावासमा नअल्झिन उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  ४ : ३८ बजे