५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

यी १५ जना सांसद ऐतिहासिक बैठकमा अनुपस्थित भए



काठमाडौं ।
नेपालको नयाँ नक्सा पारित गर्ने आजको एतिहासिक प्रतिनिधि सभा बैठक १५ सांसद उपस्थित भएनन । उपस्थिति २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

शनिबारको बैठकमा सांसदहरु अमृतादेवी अग्रहरी, गोपाल बहादुर बम, दुलारी देवी खत्वेनी, धन बहादुर बुढा, नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी, हरिबोल गजुरेल, ज्ञान कुमारी छन्त्याल अनुपस्थित रहेका थिए ।

सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मत अफ्ताब आलम र बिजय कुमार गच्छदार निलम्बित छन् । यस्तै सांसद सरिता गिरी भने बैठक बहिष्कार गरी बाहिर निस्किएकी थिइन् । प्रतिनिधिसभा २७५ सदस्यीय रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  ८ : ११ बजे