एजेन्सी ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएका विभिन्न प्रतिबन्ध फुकुवा गरिएको घोषण गरेका छन् ।सोमबारदेखि फ्रान्समा क्याफे तथा रेस्टुरेन्टहरु खुल्ने भएका छन् । यस्तै युरोपका अरु देशमा यात्रा गर्न पनि पाइने भएको छ ।
केयर होममा रहेका आफन्तहरुसँग भेटघाट गर्न पनि पाइने भएको छ । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी केयर होमहरु प्रभावित भएका छन् ।
युरोपका अरु देशहरुले पनि सोमबारदेखि सीमा खुला गरेका छन् । टेलिभिजन सम्बोधनमा राष्ट्रपति म्याक्रोँले कोरोना भाइरसविरुद्धको पहिलो युद्ध जितिएको तर भाइरस पुनः फर्किन सक्ने भन्दै चेतावनी पनि दिएका छन् ।
फ्रान्सका केही क्षेत्रमा जुनको सुरुदेखि नै रेस्टुरेन्ट तथा क्याफेहरु खुला गर्न दिइएको थियो । तर सोमबारदेखि पूरै फ्रान्सभर प्रतिबन्ध फुकुवा गरिएको छ ।
जुन २२ देखि स्कूलहरु पनि खुला हुने छन् । तर हाइस्कूल भने अझै बन्द नै रहने छन् । तर अधिकांश प्रतिबन्ध फुकुवा गरिनुको अर्थ कोरोना भाइरस गएको भन्ने नरहेको उनले उल्लेख गरेका छन् ।







प्रतिक्रिया