२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

कांग्रेस भन्छ-क्‍वारेन्टिनको बेथितिमा सरकार आफ्नो अनुहार हेर्ने कि ?



काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर कैलालीको लम्की चुहा नगरपालिकामा रहेको एक क्वारेन्टिनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्नमाथि कारबाहीको माग गरेको हो ।

“क्वारेन्टिनमा बलात्कार जघन्य अपराध । दोषीलाई कारबाही गर, क्वारेन्टिनको बेथितिमा सरकार आफ्नो अनुहार हेर,” प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा छ ।

अव्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टिनबाट नागरिक भागेका र क्वारेन्टिन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ । “अन्ततः बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  ८ : १९ बजे