२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

नवराज अधिकारी कपिलवस्तुका नयाँ एसपी, जबराको सरुवा



कपिलवस्तु ।

प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। तीमध्ये १६ जनाले जिल्ला प्रमुखका रुपमा जिम्मेवारी पाएका छन्।

यसमध्ये कपिलवस्तुका एसपीको सरुवा भएको छ । एसपी दीप शमशेर जबराको सरुवा भएर कपिलवस्तुमा नवराज अधिकारी नयाँ एसपीको रुपमा आउनु हुने भएको छ । जबरा अपराध महाशाखा काठमाण्डौँमा सरुवा भएको जनाइएको छ ।

उता पाल्पामा दीपकराज खरेल, पुर्वी नवलपरासीमा दीपक रेग्मी, कास्कीमा जीवनकुमार श्रेष्ठको सरुवा भएको छ भने महोत्तरीमा टीकाबहादुर केसीले जिम्मा पाएका छन्।

भक्तपुरमा तारादेवी थापा,इलाममा नवीनराज राई, उदयपुरमा भीमबहादुर दाहाल, मोरङमा सन्तोष खड्का, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट र गोरखामा सुरेन्द्रबहादुर गुरुङले जिम्मेवारी पाएका छन्।त्यस्तै, तनहुँमा अरुण पौडेल, सिरहामा उमाशंकर पंजियार, बाँकेमा ओमबहादुर राणा, धनकुटामा गोविन्द अधिकारी र डोटीमा डोटीमा जनकराज पाण्डेयले जिम्मा पाएका छन्।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ८ : २५ बजे