२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

चिनियाँ सैनिकबीचको झडपमा २० भारतीय सैनिकको ज्यान गयो



एजेन्सी ।
भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवानमा चिनियाँ सैनिकसँगको झडपमा ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या २० पुगेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले भारतीय सेनालाई उद्धृत गर्दै हिजो र अस्ति अर्थात् १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको जनाएको छ । सुरुमा मंगलबार ३ सैनिकको ज्यान गएको जानकारी दिएको भारतीय सेनाले बुधबार सबेरै अन्य १७ सैनिकसहित जम्मा २० सैनिकले ज्यान गुमाएको अद्यावधिक गरेको हो ।

भारतीय सेनाका अनुसार पछिल्लो ४५ वर्षमा सीमा क्षेत्रमा भएको यो सबैभन्दा डरलाग्दो झडप भएको र यसमा अधिकांश घाइते सैनिकहरुले गम्भीर चोटका कारण ज्यान गुमाएका बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७७ बुधबार ००:००  ८ : १७ बजे