२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

तिलोत्तमाका मेयर घिमिरेले उद्घाटन गरे, नेपालकै पहिलो ‘बायोटेक’ सार्वजनिक शौचालय



बुटवल ।
रुपन्देहीको तिलोत्तमानगरपालिका भित्र संचालित शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो तथा आधुनिक छ लेन सडकमा बायोटेक प्रविधीका सार्वजनिक शौचालय बनाए संचालनको शुभारम्भ गरेको छ । बायोटेक प्रविधीको सार्वजनिक शौचालयको आईतवार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले शुभारम्भ गदै सरकारले संचालन गरेको खुल्ला दिशामुक्त मुलुक वनाउने अभियानलाई टेवा पुराउने बताउनु भयो ।

शौचालय संचालन संगै अव सो क्षेत्रमा आवत जावत गर्नेहरुलाई दिशा पिसाव लागेमा सहज रुपमा व्यवस्थापन गर्न मिल्ने भएको मेयर घिमिरेले बताउनु भयो ।उहाँले शौचालयलाई नियमित रुपमा सरसफाई र मर्मत संभारमा ध्यान दिन जरुरी रहेकोले त्यसतर्फ गम्भिर हुन आग्रह गर्नु भयो ।

मेयर घिमिरेले शंकरनगर खानेपानीले अहिले बुटवल–भैरहवा सडक अन्तर्गत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि डाइभरटोलसम्मको सडकमा बनाए जस्तै नगरपालिकाले आउने समयमा नगरपालिकाको क्षेत्र भरी र आवश्यक पर्ने सार्वजनिक स्थलमा बायोटेक प्रविधीको सार्वजनिक शौचालय निर्माण गर्ने बताउनु भयो ।

शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले सडक किनारमा १० वटा योगिकुटी हाटवजार, डाइभरटोल हाटवजार र तिनाउ नदीको मगरघाट स्थित सवदाह स्थलमा एक एक गरि १३ वटा आधुनिक तथा सुविधा सम्पन्न शौचालय बनाएको अध्यक्ष हरि प्रसाद तिवारीले बताउनु भयोे ।

खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले १ करोड १६ लाख खर्च गरि सर्भिसलेनमा राखिएका सिंगल सिटका र हाट वजार र मगरघाटमा राखिएका डबल सिटका बायोटेक प्रविधीका शौचालय संचालनमा ल्याएको अध्यक्ष तिवारीले बताउनु भयोे । भारतीय कम्पनी इलिफो बायोटेक प्रालिबाट उत्पादित बायो प्रविधिको शौचालय खानेपानी संस्थाले खरिद गरेको हो ।

बायोटेक प्रविधी अपनाईएकोले शौचालयमा शुरुमै व्याक्टेरिया राखिने हुनाले सोही व्याक्टेरियाले दिशा पिसाव खाने हुनाले उठाएर फयाक्न नपर्ने प्रविधी हो । ४० दिन सम्म उक्त व्याक्टेरिया एक पटक गरेको दिशा पिशावले वाँच्ने हुनाले नियमित संचालन हुने शौचालयमा शुरुमा राखेको व्याटेरिया अनन्त्त समयसम्म पुग्ने प्रविधी हो । साविक शंकरनगर गाविसलाई २०६७ माघ १५ गते खुल्ला दिशामुक्त घोषणा गरिएको थियो ।

खुल्ला दिशामुक्त घोषणा कार्यक्रम र ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको कार्यक्रमलाई समेत सफल बनाउने गरी सार्वजनिक शौचालय संचालनमा ल्याएको समेत अध्यक्ष तिवारीले बताउनु भयो । व्याक्टोरिया प्रयोग गरिने बायो शौचालयहरु नेपालमै पहिलो पटक तिलोत्तममा प्रयोग गरिएको संस्थाकी सचिव सावित्रा अर्यालले बताउनु भयो ।

२४ सै घण्टा खुल्ला रहने शौचालयहरु निःशुल्क रुपमा प्रयोग गर्न सकिने र पानी, विद्युत, पंखा र सरसफाईको पूर्ण व्यवस्था रहेको बायोटेक प्रविधीको सार्वजनिक शौचालय उपभोक्ता समितिका अध्यक्ष राम बहादुर जिसीले बताउनु भयो । त्यस्तै शौचालयमा प्रयोगका लागि सावुन, टावेलकोसमेत व्यवस्था गरिएको छ ।

सडक यात्रीलाई मध्येनजर गरी निर्माण गरिएका शौचालयहरु हरेक दिन तीन पटकसम्म सरसफाई गर्नका लागि शंकरनगर खानेपानी संस्थाले एक जना कर्मचारीको व्यवस्था पनि गरिसकेको संस्थाका उपाध्यक्ष ओम प्रकाश खरेलले बताउनु भयो । विसं २०४२ सालमा शुरु भएको संस्थाले २४ अ‍ै घण्टा खानेपानी उपलब्ध गराउदै आएको छ ।

प्रकाशित मिति : ७ असार २०७७ आइतबार ००:००  १ : ५१ बजे