५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वाणगंगामा ११ सहित कपिलवस्तुमा २५ संक्रमित थपिए



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा आज थप २५ जना कोरोना संक्रमित फेला परेका छन । आज भेटिएका संक्रमित वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाका रहेका छन् । आज वाणगंगा नगरपालिकामा ११ जना र कपिलवस्तु नगरपालिकामा १४ जना थपिएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ७ सय ३ पुगेको छ ।
यस्तै इतबार ४ सय २१जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २१ संक्रमित थपिएको जानकारी दिए। यीसहित संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।

त्यस्तै यस दिन १९४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। निको हुनेमा १८६ पुरुष र ८ महिला छन्। यीसहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ। त्यस्तै मृत्यु भएका २२ जनामा कोरोना पुष्टि भएको छ।
विगत २४ घण्टामा ८ हजार ६ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म १ लाख ७५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०७७ आइतबार ००:००  ४ : २८ बजे