५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुमा मंगलबार हुँदै आएको साप्ताहिक बजार बन्द लागू



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु उद्योग वाणिज्य संघ अन्तर्गतका बजार मंगलबार देखि पुनः बन्द हुने भएका छन् ।

संघले साप्ताहिक रुपमा मंगलबार गर्दै आएको बजार मंगलबार (भोलि)देखि बन्द हुने भएका हुन् ।
संघका अध्यक्ष उमानाथ पौडेलले साप्ताहिक रुपमा हुँदै आएको बजार भोलि देखि बन्द गर्ने निर्णय भएको मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

यस अघि लकडाउनको कारण साप्ताहिक रुपमा हुँदै आएका बजार बन्द भएका थिएनन् । संघ मातहत इमिलिया, गोरुसिंगे देखि वाणगंगा नगरपालिका भित्रका सबै बजार पर्दछन् ।

प्रकाशित मिति : ८ असार २०७७ सोमबार ००:००  ७ : ३२ बजे