५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुष्मिताको विभत्स हत्या गर्नेको घर घेर्न हेटौँडा गए वाणगंगाबासी, मायादेवीबाट लाइभ



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ८ की युवती सुष्मिता थापाको विभत्स हत्या गर्नेको घर घेर्न बागांगाबासी हेटौँडा गएका छन् । मंगलबार सुष्मिताको परिवार र अन्य ३० जनाको टोली बस रिर्जभ गरेर हेटौँडा गएको हो ।

आज त्यहाँ पुगेर हत्याबारे जिल्ला प्रहरी कार्यालय हेटौँडामा पहिले बयान दिने र त्यसपछि केहीछिन प्रहरी कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको वडा सदस्य गीता भुसालले जानकारी दिनुभयो ।

महिला अधिकारकर्मीसहितको टोलीले सुष्मिता हत्याराको घर पनि घेराऊ गर्ने जनाइएको छ । हत्याराहरुको कडा कारबाहीको माग गर्दै उनीहरुको घरमा नाराबाजी गर्ने कार्यक्रम रहेको भुसालले मायादेवीलाई बताउनुभयो ।

यस घटनाले सिंगो कपिलवस्तुबासी दुखी छन् । हत्यारालाई कारबाही नगरेसम्म र पीडितले न्याएसंगै क्षतिपुर्ति नपाएसम्म न्यायको आवाज बन्द नहुने भुसालले मायादेवी अनलाइनलाई बताउनु भयो ।

घटनाको विषयमा मायादेवी रेडियो र अनलाइनले हेटौँडाबाट आज दिउँसो लाइभ दिने छ । एक बर्षअघि विवाह भएकी सुष्मिताका श्रीमानकोो ६ महिनाअघि सवारी दुर्घटनामा ज्यान गएको थियो ।

उनले १ करोडको विमा गराएको र सो विमा रकम हत्याउन थापाको हत्या गरिएको प्रारम्भिक जानकारी छ । थापाका ससुरा र नन्दलाई प्रहरीले पक्राऊ गरी अनुसन्धान गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको हेटौँडा प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  १० : ३० बजे