१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुष्माका हत्यारा तीन चार दिनमै सार्वजनिक हुन्छन्ः एसपी राठौर



मायादेवी अनलाइन, चार नम्बर ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौँडाका प्रहरी उपरिक्षक (एसपी) सुशील सिंह राठौरले कपिलवस्तुकी २६ बर्षीया युवती सुष्मा थापाका हत्याराहरुलाई तीन चार दिनमा पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिने प्रतिवद्धता जनाउनु भएको छ ।

यो घटनाले आफू एकदमै दुखि भएको भन्दै एसपी राठौरले हत्याराले कुनै पनि उन्मुक्ति नपाउने बताउनु भयो । मंगलबार नै कपिलवस्तुबाट बयानको लागि सुष्माका परिवारसंगै गएको ४० जनाको टोलीसंग घटनाको विषयमा छलफल गर्दै राठौरले पीडितले न्याए पाउने बताउनु भएको हो । घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिइसकेको भन्दै उहाँले छिट्टै सार्वजनिक गर्ने बताउनु भयो ।

छलफलको क्रममा मृतक सुष्माका परिवारले हत्यारालाई फाँसीको सजाय पनि कमी नहुने बताउनु भएको छ । निकै भावुक मुद्रामा जानुभएकी सुष्माका बुबा र आमाले आफूहरुलाई न्याय दिन माग गर्नुभयो । जे गरे पनि अब आफ्नी छोरी फिर्ता नआउने हुनाले अरु आमाहरुले यस्तो नियती भोग्न नपरोस् भन्दै चाँडै कडा कारबाही गर्न माग गर्नुभएको छ ।

छलफलपछि कपिलवस्तु उद्योग बाणिज्य संघले सुष्मा थापाका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै मंगलबार (आजै) जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र पेश गरेको छ ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ निवासी सुष्माको हत्या क्रुरतापूर्वक गरिएको भन्दै यसमा संलग्नहरुलाई छिटोभन्दा छिटो सार्वजनिक गर्न माग गर्दै माग गरिएको हो ज्ञापन पत्र पेश भएको हो ।

ज्ञापन पत्र बुझ्दै उहाँले घटनाको सत्यतथ्य पत्ता लाग्ने भन्दै नआत्तिन आग्रह गर्नु भयो । ज्ञापन पत्र पेश गर्न हुमनाथ पौडेल डोलकराम घिमिरे, कृष्ण सापकोटा, कृष्ण पोख्रेल र विनोद पन्थ लगायतका उद्योग संघका पदाधिकारी गएका थिए ।

प्रहरीको जवाफ चित्त नबुझे प्रहरी कार्यालय र हत्याराको घर नै घेर्ने गरी गएको सरोकारवालासहितको टोलीलाई हेटौँडा प्रहरी, राजनैतिक दल, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, नागरिक समाजले साथ दिएपछि आजै फर्किएको छ । हेटौँडामा पनि कपिलवस्तुको पक्षमा ठुलो साथ रहेको भन्दै पीडितले न्याए पाउनेमा पीडित पक्ष आशाबादी रहेका छन् ।

यस घटनाको विषयमा सामुदायिक रेडियो मायादेवी र मायादेवी अनलाइन डट कमले दिउँसो हेटौँडाबाटै प्रत्यक्ष प्रसारण गरेको थियो ।

यो भिडिओ पनि हेर्नुहोस

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  ७ : ३१ बजे