२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेविसङ्घले जलायो त्रिवि उपकुलपतिको कुर्सी



काठमाण्डौ ।
त्रिभुवन विश्वविद्यालयमा मनोमानी ढङ्गले नियुक्ति भएको भन्दै नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटाको कुर्सी जलाएको छ ।

नेविसङ्घ त्रिभुवन विश्वविद्यालय इकाइ समितिका विद्यार्थीले उपकुलपति बाँस्कोटाको कुर्सी जलाएका हुन् । उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्न गएको टोलीले कुर्सी जलाएको छ भने त्रिविको उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी पनि गरेको प्रहरी प्रभाग कीर्तिपुरले जनाएको छ । विश्वविद्यालय अन्तर्गतका निकायमा उपकुलपतिले नेकपाका नेता तथा कार्यकर्तालाई मात्रै नियुक्त गरेको नेविसङ्घको आरोप छ ।

प्रकाशित मिति : १० असार २०७७ बुधबार ००:००  ४ : ४५ बजे