६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

सेभियालाई तेस्रो स्थानमा उक्लनै सकस



सेभिया ।
सेभियाले शुक्रबार स्पेनी ला लिगाको तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । लगातार चौथो बराबरी खेल्ने क्रममा सेभियाले रियल भालाडोलिडसँग १–१ मा चित्त बुझायो ।

आफ्नो घरेलु मैदानमा राम्रो खेल्न संघर्ष गरिरहेको सेभियाविरुद्ध किकोको गोलले भालाडोलिडले अग्रता लिएको थियो । लुकास ओकाम्पोसले सेभियाका लागि बराबरी गोल फर्काए ।

सेभियाले यो सिजनमा घरमा सात बराबरी खेलिसकेको छ भने सात जित मात्र निकाल्न सकेको छ । तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड सेभियाभन्दा एक अंकले अगाडि छ ।

प्रकाशित मिति : १३ असार २०७७ शनिबार ००:००  ८ : ३२ बजे