७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

युभेन्ट्ससँग लेचे पराजित



एजेन्सी ।
क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट एक गोल गर्दै अन्य दुई गोलका लागि अवसर पनि सिर्जना गरिदिएपछि युभेन्ट्सले इटालीको सिरी ए मा शुक्रबार राति १० खेलाडीमा सीमित लेचेलाई ४–० ले हरायो ।

यो जितसँगै शीर्ष स्थानको युभेन्ट्सले लाजियोमाथिको अग्रता सात अंक पुर्‍याएको छ ।

रोनाल्डोकै पासमा पउल डेबेला र गोन्जालो हिगुएनले पनि गोल गरे । चौथो गोल म्याथिस डे लिग्टको नाममा रह्यो । पूरा खेल अवधिमा युभेन्ट्स यति धेरै हाबी रह्यो कि लेचेले बल छुन पनि संघर्ष गर्नुपरेको थियो ।

लगातार नवौं लिग उपाधिको अभियानमा रहेको युभेन्ट्सको २८ खेलबाट ६९ अंक भएको छ । लेचे भने २५ अंकमा पुछारबाट तेस्रो स्थानमा रही रेलिगेसनबाट बच्न संघर्षरत छ ।

प्रकाशित मिति : १३ असार २०७७ शनिबार ००:००  ८ : ३४ बजे