४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बायर्न म्युनिखलाई बुन्डेसलिगाको उपाधि



एजेन्सी ।
दुई खेल अगावै जर्मन बुन्डेसलिगा फुटबलको च्याम्पियन बनेको बायर्न म्युनिखले लिगको सुखद अन्त्य गरेको छ । लिगको अन्तिम खेलमा शनिबार बेलुका वोल्फ्सबर्गको घरेलु मैदानमा ४-० को जित निकाल्दै लिगमा सुखद अन्त्य गरेको हो ।

बायर्नको जितका लागि किङ्स्ले कोमन, मिक्चेल कुइसेन्स, रोबर्ट लेवन्डोस्की र थोमस मुलरले एक एक गोल गरे । यता वोल्फ्सबर्ग भने दस खेलाडीमा समेटिएको थियो । खेलको चौथो मिनेटमा नै कोमनले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । उनले थोमस मुलरको पासमा गोल गरेका थिए । त्यस्तै ३७ औं मिनेटमा मिक्चेलले गोल गर्दै बायर्नको अग्रता दोब्बर परे । उनले कोमनको पासमा गोल गर्दै पहुना टोलीलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

खेलको ७१ औं मिनेटमा वोल्फ्सबर्गका जोसुहाले दोहोर पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि टोली दस खेलाडीमा समेटिएको थियो । ७२ औं मिनेटमा लेवन्डोस्किले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए । त्यसको सात मिनेटपछि मुलरले गोल गर्दै लिगको अन्तिम खेलमा बायर्नलाई ४-० को फराकिलो जित दिलाए ।

यस जितसँगै बायर्नले लिगमा ३४ खेलबाट ८२ अंक जोड्दै लिग च्याम्पियन बन्यो । बायर्नको बुन्डेसलिगामा यो लगातार आठौं उपाधि हो । दुई खेल अगावै लिग च्याम्पियनको निश्चित भए पनि वोल्फ्सबर्गसँगको अन्तिम खेलपछि बायर्नलाई उपाधि ट्रफी प्रदान गरिको थियो ।

प्रकाशित मिति : १४ असार २०७७ आइतबार ००:००  ६ : ०७ बजे