६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

पाकिस्तानका ६ क्रिकेटर भए कोरोना मुक्त



पाकिस्तान ।
कोरोना भाइरसको संक्रमण देखिएको पाकिस्तान क्रिकेट टिमका १० खेलाडीमध्ये ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गत साता कोरोना संक्रमण देखिएका १० खेलाडीमा पुनः परीक्षण गर्दा ६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना नेगेटिभ देखिनेमा मोहमद हसनैन, सादव खान, फकर जमान, मोहमद रिजवान, मोहमद हाफिज र वाहब रियाज रहेका छन् । दोस्रो पटक पनि कोरोना पोजेटिभ देखिनेमा इमरान खान, कासिफ भाटी, हेदर अली र हरिस राउफ रहेका छन् ।

त्यस बाहेक बाँकी खेलाडी र स्टाफको कोरोना रिपोर्ट नेगेटिभ भएको इएसपीएन क्रिकइन्फोले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७७ आइतबार ००:००  ५ : १४ बजे