६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

सिटी एफए कपको सेमिफाइनलमा



एजेन्सी ।
इंग्लिस प्रीमियर लिग क्लब म्यान्चेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा न्युक्यासललाई २-० गोलले पराजित गर्दै सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पाहुना टोलि सिटीको जितका लागि केभीन डे ब्रुएन र रहिम स्टर्लिङले एक एक गोल गरे । न्युक्यासलको घरेलु मैदानमा भएको खेलको ३७ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

ब्रुएनको पेनाल्टी गोलबाट पहिलो हाफमा १-० गोलले अगाडि बढेको सिटीले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ६८ औं मिनेटमा स्टर्लिङले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । उनले फिल फोडेनको पासमा गोल गरेका हुन् ।

यस खेलसँगै एफए कपको सेमिफाइनल समिकरण पूरा भएको छ । जसमा क्वाटर फाइनलबाट म्यान्चेस्टर युनाइटेड, आर्सनल, चेल्सी र म्यान्चेस्टर सिटीले शीर्ष चारमा स्थान बनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ७ : ४९ बजे