६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

रियल शिर्ष स्थानमा



एजेन्सी ।
रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राति एस्पान्योलको घरेलु मैदानमा भएको खेलमा उसैलाई पराजित गर्दै लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको हो ।

पाहुना टोली रियलले एस्पान्योलमाथी १(० गोलको संघर्ष पूर्ण जित निकालेको हो । रियलको जितका लागि खेलको एक मात्र निर्णायक गोल कासेमिरोले गरेका हुन् ।

कासेमिरोले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । करिम बेन्जेमाको पासमा गोल गर्दै उनले पहिलो हाफमा रियललाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा दुबै टोलिबाट कुनै थप गोल हुन नसक्दा रियलले १९० को संघर्षपूर्ण जित निकालेको हो ।

यस जितसँगै रियल बार्सिलोनालाई दुई अंकले पछि पर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जहाँ रियलले ३२ खेलबाट ७१ अंक जोडेको छ । समान खेलबाट बार्सिलोना ६९ अंकसहित दोस्रो स्थानमा छ । यता पराजित एस्पान्योल २४ अंकसहित तलिकाको पुछारमा छ ।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ७ : ५२ बजे