८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

आज थपिए कोरोनाका ४ सय ७६ संक्रमित



काठमाडौं ।
सोमबार कोरोनाभाइरसका चार सय ७६ जना नयाँ संक्रमित भेटिएका छन्।
विगत २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। ‘तीन सय ६४ पुरूष र एक सय १२ जना महिला गरी चार सय ७६ जनामा कोरोना देखिएको छ,’ उनले भने। आइतबार कोरोना संक्रमित १२ हजार सात सय ७२ जनामा कोरोना देखिएको थियो। यो संख्या बढेर सोमबार १३ हजार दुई सय ४८ पुगेको हो। सोमबार एक सय २१ जना कोरोना निको भएर घर घर्किएका छन्। कोरोनाबाट अहिलेसम्म २९ जनाको मृत्यु भएको छ। विगत २४ घण्टामा कोरोनाबाट एक जना युवकको मृत्यु भएको हो। रौतहटका २९ वर्षीय पुरूषको ललितपुरस्थित स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युपछि कोरोना पुष्टि भएको हो।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ४ : ३४ बजे