२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

थप ३१६ जनामा कोरोना पुष्टि



काठमाडौं ।
मंगलबार कोरोनाका ३ सय १६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विगत २४ घण्टामा ३ सय १६ संक्रमित थपिएको जानकारी दिए। यो संख्या थपिएसँगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।
त्यस्तै मंगलबार विभिन्न अस्पतालबाट ६० जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा ५१ पुरुष र ९ महिला छन्। यीसहित हालसम्म कुल ३ हजार १ सय ९४ जना कोरोनाबाट मुक्त भएका छन्। २९ जनाले कोरोना संक्रमण भई ज्यान गुमाएका छन्।

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  ४ : ४२ बजे