२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सिरि एः शीर्षस्थानको युभेन्टसको शानदार जित



एजेन्सी ।

सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले हराएको छ । मंगलबार राति घरेलु टोली जेनोआबिरुद्ध सहज जित निकाल्दै युभेन्ट्सले लिग तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको छ ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा पाउलो ड्याबालाले ५० औं मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । उनले एकल प्रयासमा गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए ।त्यसको ६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । उनले यस सिजन सिरि एमा २४ गोल पुरा गरिसकेका छन् । ड्युगलस कोस्टाले ७३ औ मिनेटमा पाहुना टोलीलाई ३–० ले अघि बढाए ।

घरेलु टोलीका लागि एन्ड्रिया पिनामोन्टीले ७६ औं मिनेटमा एक गोल फर्काएका थिए ।युभेन्ट्सबाट २५ गोलको कीर्तिमान बराबरी गर्न रोनाल्डो मात्र एक गोलले पछि छन् । सन् १९६०–६१ म ओमार सिभोरीले युभेन्ट्सबाट सर्वाधिक २५ गोलको कीर्तिमान बनाएका थिए ।

शीर्ष स्थानको युभेन्ट्सले ७२ अंक जाड्यो । उसले दोस्रो स्थानको लाजियोसंग स्पष्ट ४ अंकको अग्रता लियो । लाजियोले समेत टोरिनोलाई २–० ले हराउँदै उपाधि होडमा आफुलाई कायमै राख्यो ।सिरि एका सर्वाधिक गोलकर्ताको दौडमा अगाडी रहेका सिरो इमोबेल र मार्को पार्लोले लाजियोलाई महत्वपूर्ण तीन अंक दिलाए ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  ६ : ५० बजे