२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

इंग्ल्यान्डको कप्तानी अलराउन्डर स्टोक्सले गर्ने



एजेन्सी । वेस्ट इन्डिजविरुद्धको पहिलो टेष्ट क्रिकेटमा इंग्ल्यान्डको कप्तानी अलराउन्डर बेन स्टोक्सले गर्ने भएका छन् ।नियमित कप्तान जोय रुट घरायसी कामको कारण अनुपस्थित हुने भएपछि पहिलो टेष्टमा स्टोक्सले इंग्ल्यान्डको कप्तानी गर्ने भएका हुन् ।

रुटको श्रीमतीले आगामी साता दोस्रो बच्चालाई जन्म दिने भएपछि उनले पहिलो टेष्ट गुमाउने भएका छन् ।रुटले बुधबारबाट टिमको प्रशिक्षण छाड्ने छन् ।विश्वकप हिरो स्टोक्सले पहिलो पटक इंग्ल्यान्डको कप्तानी गर्न लागेका हुन् ।

इंग्ल्यान्डले जुलाई दोस्रो साताबाट वेस्ट इन्डिजसँग घरेलु भूमिमा टेष्ट सिरिज खेल्दैछ ।दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ ।यस्तै ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।

इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिनेछ । सिरिज बन्द रंगशालामा हुनेछ ।सिरिजका लागि वेस्ट इन्डिजका टिम इंग्ल्यान्ड आईपुगिसकेका छन् ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  ७ : ०३ बजे