२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

प्रिमियर लिगः फर्नान्डेस चम्किदा युनाईटेडको प्रभावशाली जित



एजेन्सी ।

प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले शानदार जित निकालेको छ । मंगलबार राति युनाईटेडले ब्राईटोनमाथि ३–० को जित आत्मसाथ गरेको हो ।युवा खेलाडी मासन ग्रिनउडले १६ औं मिनेटमा युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

ब्रुनो फर्नान्डेसले २९ औं मिनेटमा युनाईटेडको अग्रता दोब्बर बनाए । ५० औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै फर्नान्डेसले युनाईटेडलाई ३–० को शानदार जित दिलाए ।जितसंगै युनाईटेडले च्याम्पियन्स लिगको छनोट दौडमा आफुलाई कायम राखेको छ । आले गुनर सोल्सायर नेतृत्वको युनाईटेडले ब्राईटोनको मैदानमा एकतर्फी रवाफ जमाएको थियो ।

युनाईटेडले आफ्नो अपराजित यात्रालाई १५ खेलसम्म पुर्याएको छ । क्लब तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।चौथो स्थानको चेल्सी भन्दा युनाईटेड मात्र २ अंकले पछि छ । ब्राईटोन ३३ अंक सहित १५ औं स्थानमा यथावत छ । क्लबमाथि रेलिगेशनको डर समेत उत्तिकै छ ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  ७ : ०६ बजे