५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कोरोना भाइरसः विश्वमा मृत्यु हुनेको संख्या ५ लाख १३ हजार नाघ्यो



काठमाडौं ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख १३ हजार ८६२ पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  ९ : ५९ बजे