२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

साने बायर्न म्युनिख जाने



एजेन्सी ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर लिरोय साने जर्मन क्लब बायर्न म्युनिखमा जाने भएका छन्। उनी ६८ मिलियन अमेरिकी डलरमा बायर्नमा जाने भएका हुन्।

जर्मनीका अन्तर्राष्ट्रिय खेलाडीले बुन्डेसलिगाको च्याम्पियन क्बलमा साढे ५५ मिलियन अमेरिकी डलरमा आबद्ध भए। बाँकी रकम केही समयपछि वृद्धि गरिने बताइएको छ।

२४ वर्षे खेलाडी साने ४ वर्षअघि जर्मन बुन्डेसलिगा क्लब साल्केबाट प्रिमियर लिगको म्यानचेस्टर सिटीमा अनुबन्धन भएका थिए। त्यतिबेला उनका लागि सिटीले ३७ मिलियन खर्च गरेको थियो। उनले त्यहाँ रहँदा दुई लिग जिते।

क्लबका मुख्य खेलाडीसमेत रहेका साने चोटका कारण यो सिजनमा धेरै खेलमा उपस्थित हुन सकेका छैनन्। ‘सानेको व्यक्तिगत डिल यो सिजनको अन्त्यसँगै सकिने छ। उनले सम्झौता नवीकरण गर्ने क्लबको प्रस्ताव अस्वीकार गरेका छन् र क्लबबाट बाहिरिन चाहन्छन्,’ क्लबका प्रशिक्षक पेप ग्वार्डिओलेले भने।

बायर्नले दिने वार्षिक २४ मिलियन अमेरिकी डलरको तलबमै सानेलाई जर्मन पठाउन सिटी इच्छुक देखिएको थिएन। तर उनले बायर्न रोजेपछि क्लबले तलबको १० प्रतिशत घटाएर कुराकानी गरेको हो।

उनको डिल सकिएको एक दिनमै उनी बायर्न जानेछन् तर त्यहाँबाट च्याम्पियन्स लिगका बाँकी खेल भने खेल्न पाउने छैनन्। सिटीका बाँकी खेल पनि खेल्ने छैनन्।

उनले सिटीबाट १९२ खेल खेल्दै ५२ गोल गरेका छन्। कोरोना महामारीपछि सुरु भएको सबै खेलमा उनी पहिलो रोजाइका साथ मैदान उत्रिएका थिए।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  ५ : ५७ बजे