२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

आर्सनलको शानदार जित



एजेन्सी ।
नर्विच सिटीका गोलरक्षक टिम क्रुलको अर्को ठूलो गल्तीका कारण इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ ।

लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा आर्सनलले नर्विच सिटीलाई ४–० ले पराजित गरेको हो । पुछारको नर्विचको प्रिमियर लिगमै रहने चाहना थप धुमिल भएको छ ।

आर्सनलका लागि पिएर एमरिकले ३३ र ६७ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै ग्रानेट जाकाले ३७ औँ तथा सिड्रिक सोर्सले ८१ औँ मिनेटमा गोल गरे ।

डच गोलरक्षक क्रुलले एमरिकको पहिलो गोलमा आफ्नै पेनाल्टी एरियामा पोजिसन गुमाए । सिड्रिकले पेनाल्टी एरियाको बाहिरबाट गोल गरेका हुन् ।

पराजित भएको पुछारको नर्विचको ३२ खेलबाट २१ अंक छ । जितपछि सातौँ स्थानको आर्सनलको भने ३२ खेलबाट ४६ अंक भएको छ ।

लिग अन्तर्गत बुधबार राति नै भएको खेलमा तेस्रो स्थानमो लेस्टर सिटी एभर्टनसँग २–१ ले पराजित भयो । अर्को खेलमा न्यूक्यासलले बोर्नमाउथलाई ४–१ ले पराजित गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  ६ : ४५ बजे