२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

रोट्र्याक्टले शुक्रबारदेखि गर्ने खुल्ला ब्याडमिन्टनको तयारी पुरा



मायादेवी अनलाइन, चार नम्बर ।
रोट्र्याक्ट क्लव अफ कपिलवस्तु मिडटाउनले शुक्रबारदेखि खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । सवारी दुर्घटना न्यूनिकरणको लागि भन्दै ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको बताइएको छ । पिस हिमालय रिसोर्टमा २ दिन सम्म हुने प्रतियोगितामा ३० भन्दा बढी टिमले भाग लिएको बर्ष २०१९२० का अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी हुने खेलाडीले १० हजार रुपैयाँ पाउने छन् भने द्धितीय हुने टिमले ५ हजार पाउने कार्कीले बताउनु भयो ।

खेल शुक्रबार र शनिबार हुने छ । खेलकुदबाट युवालाई समाज रुपान्तरणमा लगाउने प्रतियोगिताको अर्को लक्ष्य भएको संस्थापक अध्यक्ष माधव पौडेलले बताउनु भयो । गत बर्षमा फुटवल लगायतका कार्यक्रम गरिए पनि यस बर्ष कोभिड १९ को कारण ब्याडमिन्टन प्रतियोगिता गरिएको पौडेलले बताउनु भयो । खेलको लागि सम्पूर्ण तयारी पुरा भएको छ । खेल राष्ट्रिय रेफ्रीले खेलाउने खेल संयोजक किशोर पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  १० : ५४ बजे