२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

रियललाई चार अंकको अग्रता



एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रियल मड्रिडले बार्सिलोनालाई चार अंकले पछि पारेको छ । रियलको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा गेटाफेलाई पराजित गर्दै रियलले शीर्ष स्थानमा बार्सिलोनलाई चार अंकले पछि पारेको हो ।

रियलको जितका लागि खेलको एक मात्र गोल कप्तान सर्जियो रामोसले गरेका हुन् । उनले पेनाल्टीमा गोल गरेपछि रियलले घरेलु मैदानमा गेटाफेमाथि १-० गोलको जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा कप्तान रामोसले गोल गरेका हुन् । उनले खेलको ७९ औं मिनेटमा गोल गर्दै रियललाई महत्त्वपूर्ण जित दिलाए । गेटाफेका म्याथिअस ओलिभिएराले रियलका ड्यानी कार्भाजललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टी अवसरलाई रामोसले सदुपयोग गर्दै रियललाई जित दिलाए ।

जितसँगै रियलले शीर्ष स्थानमा दोस्रो स्थानको बार्सिलोनाभन्दा स्पष्ट चार अंकको अग्रता बनाएको छ रियलको ३३ खेलमा ७४ अंक हुँदा दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ७० अंक छ । पराजित गेटाफे ५२ अंक सहित छैटौं स्थानमा छ ।

बिहीबार राति नै भएको अर्को खेलमा रियल सोसिडाडले एस्पानीयोललाई पराजित गरेको छ । घरेलु मैदानमा सोसिडाडले एस्पानीयोलमाथि २-१ को जित निकालेको हो ।

त्यस्तै अर्को खेलमा ओसासुनाले एबरमाथि २-० को जित निकालेको छ । ओसासुनाले एबरको घरेलु मैदानमा २९० गोलको सहज जित निकालेको हो ।

प्रकाशित मिति : १९ असार २०७७ शुक्रबार ००:००  ७ : ४९ बजे