२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

च्याम्पियन लिभरपुल सिटीसँग पराजित



एजेन्सी ।
सात खेल अगावै इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुल म्यानचेस्टर सिटीसँग पराजित भएको छ । सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा गए राति भएको खेलमा लिभरपुल ४-० को फराकिलो अन्तरले पराजित भएको हो ।

सिटीको जितका लागि केभिन डे ब्रुएन, रहिम स्टर्किङ र फिल फोडेनले एक एक गोल गरे । एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

खेलको १५ औं मिनेटमा नै लिभरपुल पछि परेको थियो । सिटीका केभिन डे ब्रुएनले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई १-० गोलले पछि पारेका थिए । त्यस्तै ३५ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले फोडेनको पासमा गोल गरेका हुन् ।

पहिलो हाफको अन्तिम मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाए । उनके ब्रुएनको पासमा गोल गरेका थिए । दोस्रो हाफमा थप एक गोल सिटीले आत्मघाती उपहार पाएको थियो । खेलको ६६ औं मिनेटमा एलेक्स ओक्सल्डे च्याम्बरलेनले आत्मघाती गोल गरेपछि सिटीले ४-० गोलको जित निकालेको हो ।

जितसँगै सिटी ३३ खेलबाट ६६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानाको च्याम्पियन लिभरपुलको समान खेलबाट ८६ अंक छ ।

प्रकाशित मिति : १९ असार २०७७ शुक्रबार ००:००  ७ : ५१ बजे