१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमा रित्तिए कोरोनाका विरामी राख्ने आइसोलेसन



मायादेवी अनलाइन, चार नम्बर ।
रेड जोनबाट हटेको कपिलवस्तुका आइसोलेसन रित्तिदै गएका छन् । सरकारले नयाँ निर्देशिका जारि गरे पछि जिल्लाका आइसोलेसन रित्तिदै गएका हुन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुमा शु्क्रबारसम्म आइसोलेसनमा ७९ जना मात्र संक्रमित रहेका छन् । कूल ७ सय ४४ मध्ये ६ सय ६४ जना घर फर्की सकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत जेठ २४ गते सरकारले नयाँ निर्देशिका जारी गर्दै ११४ दिन आइसोलेसनमा बसेका संक्रमितमा कुनै लक्षण नदेखिए घर जान दिने प्रावधान बनाएको थियो । त्यस यता जिल्लामा भेटिएका संक्रमितहरूलाई धमाधम बिना पीसीआर जाँच घर पठाईएको हो । जिल्लाका १० पालिका मध्ये तीन पालिकामा सबै संक्रमित घर फर्किसकेका छन् । यशोधरा र मायादेवी गाउँपालिका तथा महाराजगंज नगरपालिकामा भेटिएका सबै संक्रमित घर फर्कि सकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यशोधरामा जिल्ला कै सबै भन्दा बढी १ सय ६८, महाराजगंजमा १ सय २२ तथा मायादेवीमा ७५ जना संक्रमति भेटिएका थिए । अहिले ती पालिकाका आइसोलेसन खाली छन् । कृष्णनगरमा एक जना, शुद्धोधन र बुद्धभूमिमा दुई÷दु्ई जना मात्र संक्रमित छन् । बाणगंगामा ३०, बिजयनगरमा १४, कपिलवस्तुमा २३, शिवराजमा ७ जना संक्रमित छन् ।

यता कारोना भाईरसको संख्या बढेर त्रसित बनेका कपिलवस्तुबासी अहिले भने निस्फिर्की बनेका छन् । कोरोना संक्रमितको संख्या निरन्तर घटनु र भेटिएका संक्रमतिहरू मध्ये कसैलाई पनि केही नहुनुले पनि जिल्लामा अहिले कोरोनाको त्रास हटेको छ । सार्वजनिक बस र बिद्यालय बाहेक जिल्लामा सबै संचालन भएका छ । जिल्लाको बजारहरूमा पहिले जस्तै भीडभाड बढेको छ । बंैक तथा बित्तिय संस्थाहरू खुलेका छन् । यहाँसम्मकी सर्वसाधारणहरू मास्क समेत लगाउन छाडेका छन् ।

जिल्लामा कोरोनालाई अहिले सामान्यरुपमा लिइएको छ । भेटिएका संक्रमितहरूलाई केही नभएको र यसले केही पनि असर नगर्ने बुझाई भएकाले अहिले जिल्लामा कोरोनाबाट डराउन छाडेको स्थानीय रबि ठाकुर बताउँछन् । यहाँसम्मकी बिदेशबाट आएकाहरूलाई क्वारेन्टिनमा नराखि सिधै घर पठाउने गरिएको उनले बताए । कोरोनाले पछि के असर गर्छ त्यो थाहा छैन् तर, अहिले जिल्लामा कोरोनासंग अब डराउन छाडेका छन् ।

जिल्लामा ८ हजार २२४ जनाको स्बाव संकलन गरिएकोमा अब केवल १ सय ८६ जनाको नतीजा आउन बाँकी छ ।

प्रकाशित मिति : २० असार २०७७ शनिबार ००:००  ८ : ४५ बजे