१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मृगौला पीडित न्यौपानेलाई सुरेन्द्र श्रेष्ठले गरे ५ हजार सहयोग



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु वाणगंगा ४ झुँगा गाउँका मृगौला रोगबाट पीडित २८ बर्षीय हरि प्रसाद न्यौपानेलाई सहयोग जुट्न थालेको छ । कलिलै उमेरमा मृगौला रोगबाट पीडित न्यौपानेका दुई मृगौला फेल भएका छन् ।

रोजगारीको लागि विदेश बसेर घरमा आउनुभएका न्यौपाने उपचारका लागि अस्पताल जाँदा मृगौला फेल भएको थाहा पाउनुभयो । चिकित्सकले दुवै मृगौला फेल भएको भन्दै प्रत्यारोपण गर्न सुझाएका छन् । तर, आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण न्यौपानेले मृगौला प्रत्यारोपण गर्न सक्ने स्थिति छैन् ।

यो खबर थाहा पाए पछि विभिन्न क्षेत्रबाट सहयोगी हातहरु अगाडी बढ्न थालेका छन् । कपिलवस्तु वाणगंगा वडा नं. ७ बनगाईका सुरेन्द्र श्रेष्ठले न्यौपानेलाई पाँच हजार सहयोग गर्नुभएको छ । विगत चार बर्षदेखि अमेरिका बस्दै आउनुभएका श्रेष्ठले न्यौपानेको आर्थिक स्थिति अत्यन्तै कमजोर रहेको र उहाँको ज्यान बचाउनु पर्छ भन्ने ठानेर भाईले अमेरिकाबाट पाँच हजार पठाएको सहयोग न्यौपानेलाई दिएको दाजु दिपेन्द्र श्रेष्ठले मायादेवीलाई बताउनुभयो ।

वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, दिपेन्द्रका मामा बुद्धि श्रेष्ठसहितको टोली न्यौपानेको घरमा पुगेको ५ हजार सहयोग गरेको दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।

यता वडाध्यक्ष क्षेत्रीको हरिको स्वास्थ्य उपचारका लागि वडा र नगरपालिकाले पनि आफु सक्दो सहयोग गर्ने बताउनुभएको छ । कलिलै उमेरमा भएको मृगौलाको समस्या समाधानमा सबैलाई आफु सक्दो सहयोग गर्न अपिल गर्नुभएका उहाँले स्थानीय सरकारले पनि सहयोग गर्ने बताउनुभएको हो ।

प्रकाशित मिति : २० असार २०७७ शनिबार ००:००  ४ : २६ बजे