१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तिहारसम्म मंगलबार बजार बन्द नहुने कपिलवस्तु उद्योग बाणिज्य संघको निर्णय




मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु उद्योग बाणिज्य संघले तिहारसम्मको लागि साप्ताहिक रुपमा बजार बन्द नगर्ने जनाएको छ ।

नेपालीका चाडपर्वहरु तीज, दशै, तिहार जस्ता चाडपर्वलाई मध्येनजर गर्दै तिहारसम्मको लागि मंगलबार बजार खोल्ने निर्णय भएको हो । यो निर्णय भोली मंगलबार (असार २३) बाट नै लागु हुने अध्यक्ष उमानाथ पौडेलले मायादेवी अनलाइनसंग जानकारी दिनुभयो । ब्यवसायी र ग्राहकको चाहाना अनुसार संघले निर्णय गरेको उहाँले बताउनु भयो ।

कोरोना महामारीको संक्रमण दर कम नभएकाले लापरबाही नगर्न अनुरोध गर्दै क्रेता र विक्रेता दुवैलाई अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्न, मास्क, सेनेटाइजर या साबुन पानी प्रयोग गर्न पनि अनुरोध गरिएको छ । साथै संघले कोरोना लगायतका रोगहरुबाट बच्नको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी बाँडिएको हुँदा नलगेकाहरुले कार्यलय रहेको स्थान बुद्ध रंगशाला ४ नम्बरमा गई लिन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  १० : ४३ बजे