१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

हरिको मिर्गौला उपचारमा मुहान क्लव झुँगाद्धारा ८८ हजार बढी सहयोग




मायादेवी अनलाइन, चार नम्बर ।

मुहान युवा क्लव बाणगंगा ४ झँगाले दुवै मिर्गौला पीडित हरि न्यौपानेलाई आर्थिक सहयोग गरेको छ । हरिका दुवै मृगौल फेल भएको थाहा पाएपछि उपचारमा जुटेको क्लवले पहिलो चरणमा गाउँबाट संकलन गरेको ८८ हजार २५ रुपैयाँ मंगलबार हस्तान्तरण गरेको हो ।

हरिकै घर झँगामा पुगेर क्लवका अध्यक्ष रविन्द्र प्रताप सेन, सचिव कृष्ण पौडेल, समाजसेवी राजिन सेन, पदमलाल मल्ल , राम सेन, अर्बिन मल्ल ठकुरी, दामोदर पौडेल, राम प्रसाद न्यौपाने लगायतले हरि न्यौापने र उहाँकी आमा मनकला न्यौपानेलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग रकम ग्रहण गर्दै हरिकी आमा मनकला न्यौपानेले सबैलाई धन्यबाद दिनुभयो । विरामी हरि न्यौपानेले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँदै घरमै आएर आफ्नो उपचारमा सहयोग गर्ने क्लव र गाउँलेलाई आफूले कहिल्यै नबिर्सने बताउनु भयो ।

चिकित्सकले छिटो मृर्गौला प्रत्यारोपण गर्न भनेकाले आफूलाई जतिसक्दो चाँडो मोटो रकम जुटाउनु पर्ने बाध्यता रहेको हरिले जानकारी गराउनु भएको थियो । तत्कालको लागि ८८ हजार सहयोग गरेको र भोलीका दिनमा लाग्ने थप रकमको बारेमा पनि पहल गर्ने क्लवले प्रतिवद्धता जनाएपछि परिवार खुसी भएका छन् ।

अहिले गाउँमा घरघरमा पुगेर थोरैधेरै रकम जम्मा गरिएको र हरिको पूर्ण उपचारको लागि अन्य संघसंस्थासंग पनि समन्वय भइरहेको पत्रकार चन्द्रकान्त न्यौपानेले बताउनु भयो । गाउँका कतिपय ब्यक्तिले घरमै सहयोग गरेका छन् भने कतिपयले क्लवको तर्फबाट एकमुस्ट रुपमा सहयोग गरिरहेको क्लवका अध्यक्ष सेनले बताउनु भयो ।

घरको आर्थिक अवस्था कमजोर भएपछि विदेश गएर फर्केका हरिलाई एक्कासी मृगौलासम्बनिध समस्या आएको हो । बुबा र दाजुलाई गुमाएका हरिका दुवै मृगौलाले काम गर्दैनन् । अहिले आमा, श्रीमती र बहिनीको साहारामा हरि बाँचिरहनु भएको छ ।

उनीहरुको जग्गा जमिन पनि नभएको हुनाले मृर्गौलाको उपचारमा लाग्ने मोटो रकम जुटाउन सकस परिरहेको छ । सो परिवारलाई बिभिन्न संघसंस्था र ब्यक्तिलेअहिले सहयोग गरिरहेका छन् । तर उपचारको लागि आवश्यक रकम प्राप्त भइनसकेकोले आफूलाई त्रचाउने २७ बर्ष हरिले सबैसंग बिन्ति गर्नुभएको छ ।

प्रकाशित मिति : २३ असार २०७७ मंगलबार ००:००  १ : ३८ बजे