१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

देव ढकालको सक्रियतामा हरिको लागि जापानबाट ४५ हजार बढी संकलन



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा चार पल्लो झुँगा स्थायी घर भएका देव ढकालको सक्रियतामा दुवै मृगौला पीडित हरि न्यौपानेको उपचारका लागि आर्थिक सहयोग संकलन भएको छ । वैदेशिक रोजगारीको लागि हाल जापान रहनु भएका ढकालले हरिको समस्याबारे मायादेवी अनलाइन र रेडियोबाट थाहा पाए पछि उपचारको लागि ४५ हजार ४ सय २८ रुपैयाँ आर्थिक सहयोग संकलन गरी पठाउनु भएको हो ।

आफूबाट ५ हजार र जापानमा बिभिन्न स्थानमा काम गरिरहेका साथीभाइ तथा इष्ट मित्रबाट सो रकम संकलन गरिएको ढकालले मायादेवी अनलाइनसंग बताउनु भयो । उहाँले भन्नुभयो, ‘थोपा थोपा मिली समन्द्र बन्छ भनेझैँ हाम्रो सानो सानो सहयोगले हरिको पूर्ण उपचार गर्न सकिन्छ भनेर साथीहरुबाट १ हजार, २ हजार, पाँच हजार आदि संकलन गरी हरिको खातामा पठाएको छु । यो रकम हरिको उपचारमा खर्च हुने छ, विश्वास लिएको छु ।’ विद्यार्थी भिसामा जापान जानुभएका ढकालले अहिले टोकियोको एक कम्पनीमा काम गर्नुहुन्छ । रकम पाएपछि परिवारले ढकाल परिवारलाई धन्यबाद दिएका छन् । सहयोग गर्ने हातहरु

हरि अहिले मृगौला प्रत्यारोपणको लागि डाइलाइसिसको प्रतिक्षामा छन् । लक डाउनका कारण मृगौला प्रत्यारोपण गरेपछि खाने औषधी अभाव रहेका कारण केही दिन प्रत्योरोपणमा ढिलाई भएको छ । औषधी सहज हुनासाथ मिर्गौला फेर्न हरि काठमाण्डौँ जाने बताइएको छ ।

यसअघि तुरुन्त प्रत्यारोपण गर्ने भनिए पनि नेपालभर भएको औषधी अभावले रोकिएको हरिले बताए । यो छोटो समयमा सबैबाट आफूलाई देश विदेशबाट ठुलो आर्थिक जुटेको हुँदा माया गर्ने र सहानुभूति जनाउने सबैलाई हरिले धन्यबाद दिएका छन् । सुरुमा पैसाको अभावमा उपचार रोकिने अवस्था भए पनि अहिले त्यो अवस्था टरेको प्रति हरि र हरिको परिवारले सबैलाई धन्यबाद दिएका छन् ।

प्रकाशित मिति : ३० असार २०७७ मंगलबार ००:००  ५ : ४१ बजे