एजेन्सी ।
चिनियाँ कम्युनिस्ट पार्टीका ९ करोड २० लाख सदस्यलाई प्रतिबन्ध लगाउने अमेरिकी कार्य हास्यास्पद हुने चीनले बताएको छ । हालै चिनियाँ कम्युनिस्ट पार्टीका सबै सदस्यलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने विषयमा अमेरिकी सरकारले पुनर्विचार गरिरहेको समाचारहरु सार्वजनिक भएका छन् ।
यसबीचमा चीनले यो सत्य भए यो विषय हास्यास्पद हुने र यस कार्य चीनका १ अर्ब ४० करोड जनताको भावना विपरीत हुने पनि जनाएको छ।
पछिल्लो समय चीनले हङकङमा सुरक्षा कानुन लागु गरेपछि अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाइरहेको छ। यस्तै चीनले उइगर मुस्लिम समुदायका मानिसमाथि दमन गरेको अमेरिकाको आरोप छ।
यी विविधि कारण देखाउँदै अमेरिकाले चिनियाँ अधिकारीमाथि भ्रमण प्रतिबन्ध लगाइरहँदा चीनले यी विषयहरु आन्तरिक मामिला भएकाले हस्तक्षेप नगर्न चेतावनी दिइरहेको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले चिनियाँ कम्युनिस्ट पार्टीकै कारण चीनका नागरिकले स्वतन्त्रताको अनुभूति पाएको बताएकी छिन्।
कुनै एक देशलाई कुनै पनि राष्ट्रको अधिकार र त्यहाँका मानिसले रोजेको बाटोलाई अवरोध गर्ने अधिकार नभएको बताउँदै चीनले अमेरिकी कार्य दुवै देशका जनताको भावना विपरीत र २१ औं शताब्दीको प्रवृत्तिविरुद्ध भएको बताएको छ।
यस्ता कार्यले सुमधुर सम्बन्धहरु विग्रिने चीनको भनाइ छ। एजेन्सी













प्रतिक्रिया