३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित



काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।
आज बस्ने भनिएको उक्त बैठक अब साउन ६ गते ११ बजेसम्मका लागि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।
आइतबार ३ बजेका लागि स्थायी कमिटी बैठक तय गरिएको थियो। के कारणले बैठक स्थगित गरिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन।

नेकपाभित्र प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले स्थायी कमिटीमै राखेपछि विवाद छ।

सहमति खोज्न शनिबार सचिवालय बैठक राखे पनि कुनै सहमतिमा नेताहरू पुगेनन्। अध्यक्ष प्रचण्ड निवासमा आज माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायत छलफल पनि गरेका थिए।

प्रकाशित मिति : ४ श्रावण २०७७ आइतबार ००:००  १ : ०० बजे