२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

जनार्दन प्रचण्डको लाइनमा क्लीयर !



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले स्थायी समिति सदस्य जनार्दन शर्मा पार्टी एकताका पक्षमा रहेको भन्दै उनीमाथि गरिएका आशंकाको खण्डन गरेको छ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले प्रेस नोट जारी गर्दै पार्टी भित्रको वैचारिक बहसलाई लिएर मिडियामार्फत् नेताहरूमाथि लगाइने आरोप निन्दनीय रहेको बताएका छन्।

‘पार्टी एकतादेखि आज सम्मको काममा कमरेड ‘प्रभाकर’ले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ। अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताको पक्षमा लाग्नुभएको छ, ‘प्रेस नोटमा भनिएको छ,’ कमरेड ‘प्रभाकर’माथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरूलाई खारेज गर्दछौं। ’

नेकपा स्थायी समिति सदस्य शर्मा नेकपाभित्रको आन्तरिक संघर्षमा अध्यक्ष प्रचण्डको साथ छोडेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट भएको समाचार आएपछि प्रचण्डको सचिवालयले यस्तो स्पष्टिकरण दिएको हो।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  ५ : ४२ बजे