५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

थप ३ सय ११ जनामा कोरोना पुष्टि



काठमाडौं ।

मंगलबार कोरोनाका ३ सय ११ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ।

हालसम्म १३ हजार ८ सय ७५ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा अहिलेसम्म ३ लाख ५२ हजार ३ सय ७ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म कोरोनाभाइरसले ४९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  ४ : ३२ बजे