१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

भेट्रान फरवार्ड इभ्राहिमोभिच चम्किएको खेलमा इन्टरमिलान विजयी



एजेन्सी । भेट्रान स्वीडिस फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित निकालेको छ । मिलानले साम्पडोरियालाई उसकै मैदानमा ४–१ को सानदार जित निकालेको हो ।

मिलानको जितमा ज्लाटनले दुई गोल गर्नुका साथै हकान कलहानोग्लु र राफयल लियोले गोल गरे । घरेलु टोलीका क्रिस्टोफोर एस्किल्दसेनले एक गोल फर्काए ।

साम्पडोरियाको मैदानमा मिलानले खेलको चौथो मिनेटमा ज्लाटन इभ्राहिमोभिचको गोलबाट अग्रता बनाएको थियो । उनले एन्टी रेविचको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको मिलानले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल बेहोरेको थियो ।

५२औं मिनेटमा हकानले इभ्राहिमोभिचको पासमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ५८औं मिनेटमा हकानकै पासमा इभ्राहिमोभिचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि मिलान सहज जिततर्फ अग्रसर बनेको थियो ।

७८औं मिनेटमा घरेलु टोलीले पेनाल्टीको अवसर पाएपनि पेनाल्टी चुकाउदा गोल अन्तर कम गर्नबाट चुक्यो । गोन्जालो मारोनीको पेनाल्टी प्रहार मिलानका गोलरक्षक जियानलुजी डोनारुम्माले बचाएका थिए ।

८७औं मिनेटमा क्रिस्टोफोरले गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि इन्ज्युरी समयमा राफयल लियोले गोल गर्दै मिलानलाई ४–१ को सानदार जित दिलाए ।

जितसँगै शीर्ष ६ मा स्थान पक्का गरेको मिलानले अर्को सिजनको युरोपा लिगको छनोट खेल्ने पक्का भएको छ । मिलानको ३७ खेलबाट ६३ अंक पुगेको छ । पराजित साम्पडोरिया ४१ अंक जोडेर १५औं स्थानमा छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ८ : ४६ बजे