१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

प्रिमियर लिग स्वान्सीलाई स्तब्ध पारी पुग्यो प्ले–अफ फाइनलमा



एजेन्सी ।
ब्रेन्टफोर्डले पहिलो लेगमा भोगेको हारलाई उल्ट्याएर दोस्रो लेगमा शानदार जित निकाली प्रिमियर लिगमा बढुवा हुनका लागि च्याम्पियनसिप क्लबबिचको प्ले–अफको फाइनलमा स्थान बनाउन सफल भएको छ ।

बुधबार राति भएको प्ले–अफ सेमिफाइनलको दोस्रो लेगमा स्वान्सी सिटीमाथि ३–१ को जित निकाली समग्रमा ३–२ को जितसहित प्ले–अफ फाइनलमा पुगेको हो ।

पहिलो लेगमा स्वान्सी सिटी १–० ले विजयी भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा ब्रेन्टफोर्डका लागि ११ औँ मिनेटमा वाट्किन्स, १५ औँ मिनेटमा मार्कोन्डेस तथा ४६ औँ मिनेटमा एमबेउमोले गोल गरेका हुन् ।

स्वान्सी सिटीका लागि ब्रेव्स्टरले ७८ औँ मिनेटमा एक गोल फर्काए पनि हार टार्न सकेनन् । अब प्रिमियर लिगमा बढुवा हुनका लागि ब्रेन्टफोर्डलाई एक खेल अर्थात प्ले–फाइनलमा जित चाहिन्छ ।

प्ले–अफ फाइनलमा छिमेकी फुलह्याम वा कार्डिफ सिटीको सामना गर्ने छ आउँदो अगस्ट ४ मा । पहिलो लेगमा २–० को अग्रता लिएको फुलह्यामले बिहीबार राति प्ले–अफ सेमिफाइनलको दोस्रो लेगमा कार्डिफको सामना गर्दैछ ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ९ : ०४ बजे